मकवानपुर । मकवानपुरमा भिरबाट लडेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरपुरगढी गाउँपालिका वडा नम्वर ५ बस्ने अन्दाजी ५२ वर्षीय कप्तान रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, दिउँसो साढे १२ बजेको समयमा स्थानीयढ सोलथुम चुहारस्थित कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न जाने क्रममा भिरबाट अन्दाजी १०० मिटर तल खसी उनको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा सोही वडाका वडाध्यक्ष जितेश दाहालमार्फत् २ बजेर ५० मिनेटको समयमा खबर प्राप्त हुनासाथ अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मकवानपुरगढिबाट प्रहरी निरीक्षक विरेन्द्र रायमाझीको टोली खटिएको घटनास्थल खटिएको थियो । प्रारम्भिक अनुसन्धान पूरा गरि शव हेटौंडा अस्पताल ल्याउने तयारी भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















