चितवन । चितवनको खैरहनी नगरपालिकामा बसले रिक्सा (ठेला) लाई ठक्कर दिँदा रिक्सा चालकको मृत्यु भएको छ भने रिक्सामा सवार एकजना घाइते भएका छन् ।
शनिबार बिहान ११:०० बजे खैरहनी-८,मगनीचोक स्थित बिरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२२ नम्बरको बसले रिक्सा (ठेला) लाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट चालक खैरहनी-३ गोठशोरका अन्दाजी ४३/४४ को बलराम मैनाली गम्भीर घाइते भएका थिए भने रिक्सामा सवार खैरहनी-८ मगनीचोकका २८ वर्षीय देवीलाल श्रेष्ठ मध्यम घाईते भएका थिए ।
घाइतेहरुलाई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुरमा लगिएको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ । यस्तै, चालक मैनालीको उपचारको क्रममा बिहान ११:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते श्रेष्ठको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको, बस र चालक प्रहरीको नियन्त्रमा रहेको प्रहरीको भनाई छ ।




















