हेटौंडामा लडेर राईको मृत्यु

हेटौंडा मकवानपुरको हेटौंडामा लडेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, कल्यानटारका २८ वर्षीय उद्धव राईको लडेर मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, हिजो मंगलबार साँझ पौने ६ बजेको समयमा राई आफ्नै घरको शौचालयबाट निस्कने क्रममा अचानक लडेर बेहोस् भएका थिए ।

लडेर बेहोस् भएका उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । मृतक राईको शव सोही अस्पतालको शवगृहमा राखिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.