हेटौंडा । हेटौंडा-६, चौघडाबजार स्थित कान्तिलोकपथ सडक खण्डमा बिहानै अटोको ठक्करबाट गम्भीर घाइते पैदल यात्री जनक राईको मृत्यु भएको छ। शुक्रबार बिहान हेटौंडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले राईलाई ठक्कर दिएको थियो।
टाउको र शरिरको बिभिन्न भागमा चोट लागी घाइते भएका राइको उपचारको लागी हेटौडा अस्पताल ल्याइएको र थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो।
घाइते राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ। प्रहरीका अनुसार अटो र अटो चालक बारुतेका ३१ वर्षीय शंकर सार्कीलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।
प्रतिकृया दिनुहोस्

















