हेटौंडाको चुरियामाईमा लहरी गाडी पल्टियो

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडाको चुरियामाईमा लहरी गाडी पल्टिएको छ । बिहिवार पुर्ब पश्चिम राजमार्गमा बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.२-०३-००१ख ६७३८ नं.को मोबिल बोकेको कन्टेनर लोड लहरी आफै अनियन्त्रित भई सडकमा पल्टेको हो।

गाडी चालक मकवानपुरको मनहरी ६ नम्बर वडाका ३० वर्षीय महेश मोक्तानको दाहिने हातमा चोट लागी घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन्। घाइते मोक्तानलाई उपचारको लागि हेटौडा अस्पताल पठाईएको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै, प्रहरीका अनुसार दुबै तर्फी अबरुद्ध रहेको सडक प्रहरी परिचालन गरि क्रेनको सहयताले खुलाउने प्रयास भईरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.